१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

चुनिखेल बथस्थल अवलोकनबाट प्रदेश ३ सभासद श्रेष्ठ प्रभावित


प्रकाशित: शनिवार, ४ फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नमुना बधस्थलको रुपमा निर्माण गरिएको चुनिखेल वधस्थलको अवलोकनपछि प्रदेश नं. ३ का सांसद राजेन्द्र श्रेष्ठ प्रभावित भएको छ । 


बधस्थलका संचालकद्धय देव नारायण खड्गी र रामकृष्ण खड्गीको नेतृत्वमा शुक्रवार सांसद श्रेष्ठले बथस्थलको आधुनिकरण, प्रविधियुक्त, सरसफाई लगायतको अवलोकन गरेको संचालक रामकृष्ण खड्गीले जानकारी दिए ।


वथस्थल अवलोकनको क्रममा संसाद श्रेष्ठले प्रदेश ३ कै उत्कृष्ट बथस्थल भएको संचालक खड्गीले बताए । 


संचालक खड्गीका अनुसार सासंद श्रेष्ठले चुनिखेल वथस्थलको ढाँचामा मध्यपुरठिमीका व्यवसायीहरुलाई वथस्थल निर्माण गर्ने आग्रह गर्ने भएको छ । 


बधस्थल अवोलनको लागि संसाद श्रेष्ठको टोलीमा भेटनरी डा. नारायण बहादुर श्रेष्ठ, काजी श्रेष्ठ, मध्यपुरठिमी नगरका इन्जिनयरहरु तथा मासु व्यवसायीहरु आएका थिए । 


सो क्रममा बुढानिलकण्ठ नगरपालिका १३ वडा का अध्यक्ष श्री कृष्ण श्रेष्ठ, स्थानीयवासी लगायत सहभागी भएका थिए ।


आम उपभोक्ताहरुलाई स्वस्थयकर, गुणस्तर मासु उपभोग गराउने उदेश्यले बुढानिलकण्ठ नपा १३ स्थित चुनिखले बधस्थल २०७५ भाद्र ७ गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex