१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आइएमई र गुराँस लाईफसँग कैलाश विकास बैंकको इन्स्योरेन्स सम्झौता


प्रकाशित: विहिवार, २ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आइएमई लाईफ र गुराँस लाईफ इन्स्योरेन्स कम्पनीसँग विकास बैंकको बैकास्योरेन्स सम्झोता भएको छ । 


सम्झौतापत्रमा आइएमई लाइफ इन्स्योरेन्ससँग भएको सहमतिमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्तक्षर गरेका छन । 


त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्ससँग भएको सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्ताक्षर गरेका छन् । 


बैंकका ग्राहकले अब सजिलसँग बैंकका सबै शाखाबाट सहज रूपमा आइएमई लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको जीवन बिमासम्बन्धी सबै सुविधा लिन सकिने छ । 


बैंकको अहिलेसम्म देशभर ८५ शाखा रहेको छ भने ३१ वटा एटिएम स्टेशन रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex