१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

६९ औं प्रजातन्त्र दिवस मनाउन महानगरको तयारी


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६९ महानगर दिवशलाई व्यवस्थित ढंगबाट मनाउने तयारीको लागि व्यवस्थापन उपसमितिको बैठक सम्पन्न गरेको छ । 


बिहीबार महानगरका प्रमुख एवं प्रजातन्त्र दिवस व्यवस्थापन उपसमितिका संयोजक विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । 


फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन आउने जनसाधारणलाई सम्माजनक बस्ने ठाउँको व्यवस्था गर्नेसहितका निर्णयहरु गरेका हुन । 


बैठकले स्थानीय सरकारका प्रतिनिधिलाई आकर्षक सांस्कृतिक झाँकीसहितको कार्यक्रममा सहभागिता गराउने निर्णय, टुँडिखेलमा शौचालय व्यवस्थापन गर्ने, सजावटकालागि गमला, फूललगायतका सामाग्री खरिद गर्ने, टुँडिखेल र आसपास क्षेत्रको सरसफाइ गर्ने, कार्यक्रम स्थलमा खानेपानीको व्यवस्थापन गर्ने भएको छ ।


त्यसैवरी सहरभरिको सफाइ, कार्यक्रम स्थलमा कुर्सीको व्यवस्था गर्ने, हेलिकप्टरबाट गरिने पुष्प वृष्टिकालागि फूल र प्रदर्शन गरिने ३४ मिटर लामो ६९ औं प्रजातन्त्र दिवस लेखिएको व्यानर प्रदर्शन गर्नेलगायतका निर्णय छन ।


यस बर्षको प्रजातन्त्र दिवसका मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, महानगरका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्था उपसमिति र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम, व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।


समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा मन्त्रीहरु, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, प्रलदेश तथा स्थानीय सरकारका प्रमुख तथा स्थानीय सरकारका प्रतिनिधिसहित जनसाधारणको सहभागिता हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex