१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काश्मिर आतंकारी हमलामा प्रम ओलीद्धारा दुःख व्यक्त,  हमलामा ४० सुरक्षाकर्मीको निधन


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको जम्मु –काश्मिरमा विहिवार भएको आतंकरी हमलाको प्रधानमन्त्री केपी शर्मा ओलीले घोर भत्र्सना गर्दैै दुःख व्यक्त गरेको छ । 


प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरी दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन । 


प्रम ओलीले हिजो आफ्नो विटटर ह्याण्डलमा ट्वीट गरेको सो कुरा जनाएको छ । 


स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । 


सो धरापमा परि अहिलेसम्म ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।


समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 


यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । 


भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex