१२ भाद्र २०८३, शुक्रबार
Header

३३ केजी सुन प्रकरण ः प्रतिवादीततर्फको बहष सुरु


प्रकाशित: आईतबार, ३० बैशाख २०७५, ०९ः५५ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी काण्डका आरोपीहरुसँग आईतबार बहष सुरु भएको छ ।

मोरङ जिल्ला अदालतमा प्रतिवादीहरूका कानुन व्यवसायीले ‘थुनछेक बहस’ सुरू गरेको हो । यस अघि अदालतले सरकारी कानुन व्यवसायीहरुले प्रहरी नियन्त्रणमा रहेका ३० जनासँग बयान लिईसकेको छ भने मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ सहित ३३ जना फरार रहेका छन् ।
 

प्रतिवादीका कानुन व्यवसायीहरुले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्ने छन् । प्रतिवादीतर्फको बहस सकिएपछि इजलासबाट प्रतिवादीमध्ये कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ ।

 
प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन् । बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी आउने भएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex