काठमाडौं । चितवनमा प्रहरीले गएराती ९ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडे पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।
प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरु चितवन, तनहुँ र गेरखाका रहेका छन । उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Categorized in समाज