काठमाडौं । शारीरिक सुगठनका विश्व विजेता महेश्वर महर्जनलाई सरकारले ५ लाख दिने निर्णय गरेको छ ।
विहिवार मन्त्रीपरिषदको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
यस अघि राष्ट्रिय खेलकुद परिषदले ७ लाख दिन खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो ।
थाइल्यान्डमा आयोजित विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोटर्टस च्याम्पियनसीपको ७५ केजी तौल समुहमा महेश्वरले स्वर्ण जितेका थिए ।
महेश्वरले समाजिक स्तरमा विभिन्न सम्मान तथा सहयोगहरु निरन्तर प्राप्त गरिरहेका छन ।
यसैगरी सरकारले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरे मन्त्री बाँस्कोटाले जनाएको छ ।
साग फुटबल टोलीका सदस्यहरुलाई पूर्व घोषणाअनुसार जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
Categorized in मनोरन्जन