काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिवद्धता पुरा भएको बताएको छ ।
विहिवार दिउँसो देशवासीको नाममा सम्बोधन गर्ने क्रममा प्रम ओलीले सो कुरा बताउँदै भने, ‘सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्ष उपलब्धिका वर्ष हुनेछन ।”
‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
प्रम ओलीले यो वर्षलाई मैले आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्ष भनेको हुँ । आज गरिने काम भविष्यका लागि आधार हो भनेका छन ।
उनले छिमेक तथा परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको बताएको छ ।
एक बर्षको उलपव्धीको पूर्ण पाठः–
Categorized in राष्ट्रिय