काठमाडौं । एक यात्रुवहाक बस खस्दा भेरीमा ४ जनाको मृत्यु भएको छ ।
भे १ ख १३२९ यात्रुवाहक बस बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गर्दा बस खोलामा खसेको हो ।
विहिवार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो ।
बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
घट्नास्थालमा प्रहरी उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको भएपनि सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज