१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जलविद्युतमा लगानी गर्न आग्रहः प्रधानमन्त्री


प्रकाशित: विहिवार, २ फागुन २०७५, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई जलविद्युत आयोजनामा लगानी गर्न आग्रह गरेका छन । 


विहिवार प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन । 


‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा प्रम ओलीले जनताको सहभागीतालाई अनिवार्य गरिने बताएको छ ।

 
यस कार्यक्रममार्फत पाँच वर्षभित्र १९ आयोजनाबाट ३४७९ मेगावट विद्युत पहिचान गरी निर्माणमा जानेछन । यी आयोजनमा ६ खर्ब ९५ अर्ब ८० करोड लगानी हुनेछन् जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी शेयर लगानी हुनेछ ।

 
यस्ता आयोजनामा ५१ प्रतिशत सरकार र यसका निकाय तथा ४९ प्रतिशत जनताको लगानी हुने बताइएको छ ।


आगामी चैत ७ गतेबाट जनताको जलविद्युत आयोजनामा शेयर खुल्ने प्रम ओलीले बताउँदै पहिलो शेयर आफूले किन्ने पनि दावी गरे । 


१० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म शेयर हाल्न पाइन्छ, उनले भने शेयर सूचीकृत नभएसम्म त्यो पैसाको ब्याज पनि पाइन्छ ।  


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex