काठमाडौं । विश्व बडिविल्डिङका च्याम्पियन रोली इतिहात आज (विहिवार ) काठमाडौं आउने भएको छ ।
‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ का लागि विश्व बडिबिल्डिङका हस्ति रोली विङ्कलार बिहिबार नेपाल आउने भएका हुन ।
आयोजक आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरूङले रोली इतिहाद एयरलाइन्सबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ बजेर १० मिनेटमा अवतरण गर्ने बताएका छन ।
बुधवार एक पत्रकार सम्मेलन गरेर अध्यक्ष गुरुङले नेपालमा पहिलो पल्ट हुन गईरहको लिगको बारेमा जानकारी दिएका थिए ।
रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन उनको हातको पाखुरा मात्र २४ इन्ची, छाति ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउन विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको जनाएको छ ।
फागुन ४ गते कमलादीस्थित ‘एकेडेमी हल’ मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आइएफबिबि लिग नेपालले जानकारी पनि दियो ।
Categorized in मनोरन्जन