काठमाडौं । समुदाय– प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत काठमाडौं महानगपालिका वडा २८ अध्यक्ष भाईराम खड्गीको संयोजक्त्वमा ५१ सदस्यीय ‘समुदाय– प्रहरी वडा समिति’ गठन भएको छ ।
सो समितिको सह–संयोजकमा रुपक तण्डुकार रहेक छन भने बाँकी समुदाय–प्रहरी साझेदारी सदस्यमा नियुक्त भएका छन ।
समितिको सोमबार बसेको पहिलो बैठकले समुदाय भित्र हुने अपराधिक गतिविधि, लागुपदार्थ दुव्र्यसेनी विरुद्ध, अवान्छित गतिविधि, साईवर अपराध लगायतका विषयमा जनचेतना मुलुक कार्यक्रमरु ल्याउने निर्णय गरेको छ ।
बैठकमा सिंहदरवार प्रहरी बृतका प्रहरी निरिक्षक भोजराज पाण्डेले समुदाय– प्रहरी अवधारणबारे सरकारको नीति तथा कार्यक्रम र योजनाबारे बताएका थिए ।
प्रहरी निरिक्षक पाण्डेले वागजार २८ वडामा हुने कुनै अपराधिक गतिविधिविरुद्ध समुदायसँग सहकार्य गरेर प्रहरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा समितिमा मनोनित भएका सदस्यहरुलाई नियुक्त पत्र अध्यक्ष तथा समिति संयोजक खड्गीले प्रदान गरेका थिए ।
बैठकमा सहभागी बागबजार सामुदायिक सेवा समितिका अध्यक्ष विपेन्द्र खड्गी, वडा सदस्य सुनिता तण्डुकार, वडा सदस्य ललिता कार्की ढली, दल बाहादुर श्रेष्ठ (छिमे), सुरेस तण्डुकार, रुपक तण्डुकार, दिवश कँडेल, महानगरखवरडटकमका अजय खड्गी, रिता श्रेष्ठ, किशोरी तण्डुकार, निशा अली, सामुदायिक सेवा केन्द्रका महासचिव कमरुदिन मिया लगायतलाई सदस्यता दिएको थियो ।
बैठक समुदाय–प्रहरी वडा समितिका प्रहरी हवल्दार हर्कराज जोशीले सञ्चालन गरेका थिए ।
Categorized in समाज