८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सोसियल मिडिया फिल्म अवार्ड २०७५ सम्पन्न, सञ्चारकर्मीद्धय गिरी र श्रेष्ठ सम्मानित


प्रकाशित: सोमबार, २८ माघ २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा अहिले  फिल्म र सगीत क्षेत्रमा  अवार्डको संख्या बढ्दै गइ रहेको छ भने यसै र्कममा ड्रिमवल्र्ड अफ फिल्म मेकर्सको आयोजनामा  आइतबार यलो पगोडा होटेलमा पहिलो सोसियल मिडिया फिल्म अवार्ड २०७५ सम्पन्न  भएको छ ।


फेसबुक र युट्युब लगायतका सोसियल मिडियामा प्रकाशित श्रव्यदृश्य र शर्ट फिल्म बीच प्रतिस्पर्धा गरीएको कुरा आयोजक समितिका अध्यक्ष  शबनम मुखियाले बताए । उनले समाजिक  विषयवस्तुलाई  उठाएर समाजमा सकारात्मक  परिवर्तन  ल्याउन फिल्मले ठूलो भुमिका खेल्न सक्छ भन्ने कुरामा आफू आशावादी रहेको कुरा बताइन ।    


संगीतकार एवं नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला , नेपाल फिल्म सोसाइटीका कलाकार कृष्ण मल्ल लगायत चलचित्र पत्रकार संघया पूर्व अध्यक्ष शान्ति प्रिय विशेष अतिथी रहेका रहेका थिए ।


त्यसैगरी वरिष्ठ पत्रकारहरु विजयरत्न तुलाधर असंबरे, डब्बु क्षेत्री अनि पहिलो नेपाली फिल्म ‘आमा’का  तीन महिला  कलाकार भुवन चन्द, चैत्य देवी व बसुन्धरा भुषाललगायतको विशेष उपस्थिती रहेको थियो ।  


सोसियल मिडिया फिल्म अवार्ड २०७५ मा नेपालको चलचित्र क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मी कुबेर गिरी र संगीता श्रेष्ठ ११ हजार नगद सहित पुरस्कृत गरिएको थियो भने  समता स्कूलका  संस्थापक उत्तम संजेललाई  सोसियल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५ बाट सम्मानित गरिएको थियो ।  


यो अवार्डका संयोजक रबिन आचार्य  नेपालका लोकप्रिय एनिमेटर करुण थापा , नेपालपत्रकार महासंघ एशोसियट प्रदेश समिति  अध्यक्ष  के.पी.ढुङ्गाना अनि सञ्चारकर्मी एवं  फिल्म निर्देशक संगीता श्रेष्ठ  निर्णायक समितिका सदस्यहरु हुन  ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex