७ भाद्र २०८३, आइतबार
Header

माछापुच्छ्रे बैंकले विदेश पढ्न जानेलाई ‘एजुकेसन हब’ सेवा दिने


प्रकाशित: सोमबार, २८ माघ २०७५, १३ः०६ बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंकले विदेशम गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ । 


बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले ‘हब’ सञ्चालनमा ल्याएको हो ।  


‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । 


बैंकको काठमाण्डौस्थित पुतलीसडक शाखाबाट सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछ । 


बैंकले जारी गरेको विज्ञप्ती अनुसार विद्यार्थीले ‘हब’ बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा पिटिई, आएल्टस, जिम्याट, जिआरई, टोफेल, स्याट, यूएसएमएली, एसिटी, एसिसिए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने छ ।


विद्यार्थीले शाखामार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन ।  यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex