काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकास्थित प्रहरी कार्यलयमा विवाहको विषयमा भएको सामन्य विवादमा प्रहरी र स्थानीयविच झडप भएको छ ।
प्रहरीका अनुसार झडपमा परि ४ जना घाईते भएको छ । शनिवार बेलुका भएको सो झडपमा परि प्रहरी तर्फबाट प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएको छ ।
त्यसैगरी स्थानीय मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन । उनलाई प्रहरीको गोली लागेको छ ।
उनको दाहिने पातामा गोली लागी घाईते भएको मुक्तानको उपचारको लागि धुलिखेल पठाएको उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
सो झडपलाई नियन्त्रणमा लिन प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको गरेको थियो ।
यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए ।
शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताएको छ ।
Categorized in समाज