काठमाडौं । नेवाः राष्ट्रिय पत्रकार दबूको छठौं साधारणसभा तथा विधान अधिवेशन शनिवार सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शाक्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा चार जना नेवाः पत्रकार पुरस्कृत भएका छन भने १२ लाखको नेवाः पत्रकार कल्याण अक्षय कोष स्थापना गरिएको छ ।
त्यसैगरी लामो समयदेखि मृगौला रोगबाट पीडित फोटो पत्रकार आशाकाजी महर्जनलाई १ लाख ३५ हजार नगद सहयोग प्रदान समेत गरिएको छ ।
सम्मानित हुने पत्रकारहरुमा २५ बर्षदेखि नरन्तर पत्रकारिता गर्दै आएका थौंकन्हय् मासिम पत्रिकाका सम्पदाक रुकमणि श्रेष्ठलाई वाडमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी पुरस्कार, राससका सम्पादक राजु शाक्यलाई भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता सिरपाः, विविसि नेपाली सेवामा ईश्वर कुमार जोशीलाई ज्ञानदेवी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन ।
त्यसैगरी ३२ बर्ष अघिदेखि फोटो पत्रकारिता गर्दै आएका नातिकाजि महर्जनलाइ बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
सम्मानित चारै जना पत्रकारहरुलाई ११ हजार नगद र सम्मान–पत्र पत्रसहित प्रमुख अथिति महानगर प्रमुख शाक्य र विशेष अथिति सभासद शाक्यले सम्मान गरेका थिए ।
दबूका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले अक्षय कोषको घोषणा गरेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालया कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, दाता पञ्चवीरसिंह तुलाधर, फोनिजका अध्यक्ष दण्ड गुरुंग, हङकङ नेवार संघका अध्यक्ष रचना प्रधान, नातिकाजी महर्जन, सभापति दबुका अध्यक्ष श्री कृष्ण महर्जन लगायतले आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
Categorized in समाज