काठमाडौं । गत शनिवार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाउने नेपाल विद्यार्थी संघका ३ जना विद्यार्थी साधारण तारेखमा छुटेका छन ।
कास्की जिल्ला अदालतबाट साधारण तारेखमा शुक्रावार उनीहरु रिहा भएका हुन । जिल्ला अदालतको आदेशबाट रिहा हुनेहरुमा नेविसंघ कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल रहेका छन ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत माघ २४ गते अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।
शुक्रबार त्यसैको थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने काजीबहादुर राईको इजलासले आदेश दिएको हो ।
महानगरपालिको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थियो ।
Categorized in समाज