४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अरुण तेश्रो जलविद्युत गृहमा बम विस्फोटन


प्रकाशित: शुक्रवार, २५ माघ २०७५, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । अरुण तेश्रो जलविद्युत आयोजनाको विद्युत गृहमा विहिवार राती अज्ञात समुहले बम विस्फोटन गराएको प्रहरीले बताएको छ । 


संखुसवा जिल्लाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । 


प्रहरी टोली घट्नास्थल पुगेर अनुसन्धान गरिरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । 


बम विस्फोटन बाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरीले बताउको छ । 


स्थानीय वासीका अनुसार बम बिस्फोट गराउने समुह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने  र उनीहरुलाई नियन्त्रणमा लिन सक्ने दावी गरेका छ । 


घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex