२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महालक्ष्मी इन्स्योरेन्सले माघ २७ बाट कारोवार थाल्ने, ३ वटा आकर्षक विमा योजनाको घोषणा


प्रकाशित: विहिवार, २४ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । 


विहिवार राजधानीमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । 


पत्रकार सम्मेलनमा कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । 


राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । 


प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार महालक्ष्मी डबल आवधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।


त्यसैगरी लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता गरिने योजना भट्टराईले पत्रकार सम्मेलनमा बताए । 


त्यसैगरी महालक्ष्मी आवधिक बीमा योजनाअन्तर्गत न्यूनतम बीमा शुल्कमा सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइनेछ । 


कम्पनीले यही माघ महीनाभित्रै काठमाडौँ, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ । 


हाल कम्पनीकोे चुक्ता पूँजी रु दुई अर्ब छ भने संस्थापकबाट रु एक अर्ब ४० करोड चुक्ता भइसकेको छ । कम्पनीले भने रु ६० करोड सर्वसाधारणका लागि छुट्याइएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex