काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ४ र ६ स्थित बङ्गलामुखी मन्दिर देखि सिताराम टोल सम्मको बाटोको ढलान सुभारम्भ भएको छ ।
१३ मिटर चौडा गरिएको सडक ढलान गर्ने कार्य क्षेत्र नं. ८ का सासंद जीवनराम श्रेष्ठले गरेका थिए ।
सो सडक विस्तार तथा निर्माणको लागि सभासद श्रेष्ठले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट रु ४० लाख बजेट बिनियोजित गरेका थिए ।
सडक ढलान सुभारम्भ कार्यमा कार्यमा प्रतीनिधि सभा सदस्य माननीय कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्यमाननीय अष्ट लक्ष्मी शाक्य, माननीय केशव पोखरेल नागर्जुन न.प. मेयर मोहन बस्नेत, उपमेयर सुशीला अधिकारीको उपस्थिती रहेको थियो ।
त्यसैगरी नगरपालिका वडा नं.४ अध्यक्ष करुण बलामी, वडा नं.६ अध्यक्ष राजेन्द्र बुदाथोकी, वडा नं.४ सदस्य सुसिला नेपाल, बङ्गलामुखी टोल बिकास उपभोक्त समिति तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
Categorized in समाज