काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपाकिलालाई बेलायतस्थित गोर्खा मेमोरियल फण्डले रु १५ लाख बरावरको अग्नि नियन्त्रण सामग्री प्रदान गरेको छ ।
फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गरेका थिए ।
सो सहयोग प्रदान कार्यक्रममा गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेतको उपस्थिती रहेको थियो ।
त्यसैगरी मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत व्यवस्थापनसम्बन्धी तालीम प्रदान गरिने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
Categorized in समाज