३ भाद्र २०८३, बुधबार
Header

जन्ती बोकेको ट्रिपर दुर्घट्ना, २ जनाको मृत्यु


प्रकाशित: विहिवार, २४ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । जन्ती बोकेको ट्रिपर सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. २ मा दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । 


विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर दुर्घट्ना भएको हो । 


दुर्घट्नाम परि मृत्यु हुनेहरुमा तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


त्यसैगवरी घाइते हुनेहरुमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझीको अवस्था जटिल रहेकाले ट्रमा सेन्टरमा लगिएकोे र अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex