३ भाद्र २०८३, बुधबार
Header

सेवाग्राहीसँग घुस लिने सहायक रजिष्ट्रार गीतकुमारीविरुद्ध मुद्दा दायर


प्रकाशित: बुधवार, २३ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वरमा सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


सहायक रजिष्ट्रार गीताकुमारीले काठमाडौँमा रहेको एक निजी विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बाहनामा सेवाग्राहीसँग पन्थीले रु एक लाख घुस मागेको थियो । 


आयोगको टोलीले सहाक रजिष्ट्रार पन्थीलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex