७ भाद्र २०८३, आइतबार
Header

अविरल यात्रा २०७५ मा गायिका ज्ञानु राणा लाई एक लाखको नगद सम्मान


प्रकाशित: बुधवार, २३ माघ २०७५, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । वि.सं २०५२ सालदेखि मिस नेपाल प्रतियोगिता गर्दै आईरहेको दि हिडन ट्रेजरले यसपालीको अविरल यात्रामा गायिका ज्ञानु राणालाई प्रस्तुत गर्दै नगद एक लाख प्रदान गर्दै सम्मान अर्पण गरेर्को छ ।


संगीतकार राजु सिंहको परिचालनमा अविरल यात्राको तेस्रो संस्करणमा ज्ञानु राणाका स्वरमा सार्वजनिक भएका अन्दाजी २ सय गीतहरु मध्ये लोकप्रियता पाएका १४ गीतलाई समारोहमा प्रस्तुत गरिएको थियो । 


अविरल यात्राको तेस्रो शृंखला  सम्पन्न भएको छ । गायिका ज्ञानु राणाको सम्मानार्थ आयोजित यो शृंखलामा ज्ञानु राणाकै गीतहरु समावेश गरिएको थियो । 


गायिका ज्ञानुलाई रु एक लाख सहित सम्मान अर्पण गरिएको यो कार्यक्रममा नेपालका उत्कृष्ट २१ वाद्यवादकको राम्रो अर्केष्टा प्रस्तुतिमा गायकहरु सुरजकुमार थापा, महेन्द्र श्रेष्ठ , विकाश राणा गायिकाहरु प्रश्ना शाक्य , सरिता शाही र मिना निरौलाले एकल युगल सामुहिक गीत गाएर ज्ञानु राणालाई साथ दिएका थिए । 


केहि गीत ज्ञानु आफैले पनि प्रस्तुत गरेकी थिईन । परिचालकको रुपमा राजु सिंहले राम्रो भुमिका निभाएका थिए । प्रस्तुतिमा आएका सबै गीतको स्वरलिपी उनले नै तयार पारेका थिए । 


स्वर, संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नयॉ पुस्तासंग जोड्ने उद्देश्यवाट अविरल यात्रा आयोजना गरिएको कुरा दि हिडेन ट्रेजरका प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले बताएका छन । 


यसभन्दा अधिका संस्करणमा गीतकार यादब खरेल र संगीतकार दिपक जंगम प्रस्तुत तथा सम्मानित भैसकेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex