काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरी चर्चामा आएकी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन ।
एक विज्ञप्ती मार्फत राजीनामाको घोषणा गरेकी छिन । उनले व्यक्तिगत जिवनमा व्यस्ततको कारण देखाउँदै राजीनामा दिएकी हुन ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।
Categorized in मनोरन्जन