४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर उपप्रमुख हरिप्रभालाई सौचालय अध्ययन समितिले बुझायो प्रतिवेदन


प्रकाशित: सोमबार, २१ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठलाई सार्वजनिक शौचालय निमाणसम्बन्धी कार्यदलले सोमबार एक अध्ययन प्रतिवेदन बुझाएको छ । 


सो प्रतिवेदनले काठमाडौँ महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने सुझाव दिएको छ । 


गत माघ ६ गते गठन भएको सो कार्यदलले महानगरभित्र सार्वजनिक शौचालय निर्माण कहा र कसरी गर्न सकिन्छ भन्ने बारे विस्तृत अध्ययन गरेको छ । 


प्रतिवेदनमा अहिले ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको तथ्यमा टेकेर भएका शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप गरेर तत्काल महसुस गर्न लायक सुधार आउने उल्लेख छ । 


महानगरभित्रका व्यावसायिक भवन (सपिङ कम्प्लेक्स र मल) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव छ । 


कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


त्यसैगरी कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ । 


स्थानीय वडा अध्यक्षसँगको छफलफ पश्चात टेकु चोक, सानेपा पुल, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश भएका छन । 


यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश छन । 


कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रवकुमार काफ्लेका अनुसार अहिले चलेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, बत्ति नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex