१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सिभिल बैंकको ‘सम्मान’ बचतमा बीमा सुविधा


प्रकाशित: सोमबार, २१ माघ २०७५, ०७ः०० बजे
- महानगरखबर

काठमाडौं । सुभिल बैंक लिमिटेडले ‘सम्मान’ बचत खाता ल्याएको छ ।


बैंकले ल्याएको नयाँ बचत खातामा बैंकले ग्राहकलाई ७ लाख सम्मको बीमा सुविधान दिनेछ । यस बचत खातामा दुर्घट्ना तथा अपाङ बीमा गरिएको हुने बैंकले जनाएको छ । 


यस खाताको ग्राहक अस्पताल भर्ना भई गएको खण्डमा एक लाख रुपियाँसम्मको औषधीउपचार खर्चको बीमा पनि निःशुल्क रुपमै बैंकले उपलव्ध गराउने जनाएको छ । 


न्यूनतम मौज्दात शुन्य रहेको यो बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ लागयतका अन्य सुविधाहरु पनि हुने बैंकले जनाएको छ । 


बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार ‘सम्मान’ बचत खातामा बैंकले नै बीमा गराईदिने भएकोले सबैले फाईदा लिन सक्नेछ । 


साथै यस खातामा जति रकम राखेपनि हुन्छ । रकमको लागि कुनै सिमा तोकिएको छैन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex