काठमाडौं । सोनाम ल्होछारा (ल्होसार) को अवसरमा प्रदेश ३ ले सार्वजनिक विदा दिएको छ ।
प्रदेश ३ को मन्त्रिपरिषद बैठकको माघ ९ गतेको निर्णय अनुसार माघ २२ गते २८५५ औं सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।
तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ ।
प्रदेश राजधानी हेटौँडामा आज र भोली २२ गते महोत्सव हुँदैछ ।
Categorized in समाज