८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रामकृष्ण खड्गीको सर्ट फिल्म ‘अस्तित्व’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाईने


प्रकाशित: आईतबार, २० माघ २०७५, ०६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषाको चर्चित निर्देशक तथा कथाकार रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘ अस्तित्व’ दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०१९ मा देखाईने भएको छ । 


काठमाडौमा आगामी फागुन २ गतेदेखि १३ गते सम्म चल्ने सो महोत्सवको लागि ‘अस्तित्व’ छनौटमा परेको निर्देशक खड्गीले जानकारी दिए । 


निर्देशक खड्गीका अनुसार यस चलचित्रका मुख्य ‘थिम’ भनेको भाषा हो । भाषाको महत्वलाई चलचित्रमा समावेश गरिएको छ । 


‘सबै चिज हामीले सिक्नु पर्दछ, भाषागत, पेशागत ज्ञान लिनु पर्दछ, तर आफ्नो भाषा, संस्कृतिलाई छाड्न हुँदैन ।’ खड्गीले सो चलचित्रको सन्दर्भमा  भने । 


‘अस्तित्व’ले आफ्नो भाषा, संस्कृतिलाई हामी मया, सँगै संरक्षण र विकास गर्नुपर्दछ भन्ने सन्देश दिन खोजेको निर्देशक खड्गीले बताए ।


केही समय अघि भएको सर्ट  मुभि कम्पिटिशनमा तेश्रो स्थान हासिल गर्न सफल समेत भएको थियो । दुर्गा लाल फाउण्डेशले गरेको सो प्रतियोगतामा यस फिल्मले २५ हजार नगद र ताम्रापत्र समेत पाएको उनले जानकारी दिए । 


आरके फिल्म व्यानरमा भएको यस चलचित्रको निर्माण लजगा मानन्धर, क्यामेरा डविङ, इडिटमा बालकृष्ण बंशी, स्क्रिप्ट तथा डाईरेक्शन रामकृष्ण खड्गी रहेको छ । 


त्यसैगरी कलाकारमा अन्नपुर्णेश्वरी श्रेष्ठ, सुनिता ठाकुर, सञ्यय श्रेष्ठ, लुमिला जोशी, लक्ष्मीकमल शाही, नविना तामाङ, सुयेश शाहीलाई देख्न सकिन्छ । 


आठ मिनेटको यस चलचित्रले मुख्यत भाषालाई केन्द्रमा राखेर निर्माण गरिएकोले यसको आफ्नो महत्व हुने निर्देशक खड्गीको दावी छ । 


यसपटक हुने सो महोत्सवमा  विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनकालागि अन्तिम् छनौटमा परेका छन् । तीचलचित्रहरु मध्ये नेपालका १६ चलचित्रहरु समावेश छन् । महोत्सवमा समावेश विदेशीचलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् । यस्तै गरी नेपाली चलचित्रहरुमा ६ वटा फिचर र १०वटा शर्ट फिल्म रहेका छन् ।   


अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतकाचलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचस चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर सहितको गौतम बुद्ध अवार्ड र एक शर्ट फिल्मलाई पाँचसय डलर नगद र ट्रफी सहितको माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ ।


नेपालपानोरामा अन्तर्गतको प्रतिस्पर्धामा रहेका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई नगद रु.पचास हजार र ट्रफी सहित सर्वोत्कृष्ट पुरस्कार , सर्वोत्कृष्ट शर्ट फिल्मलाई पच्चीस हजार नगद र ट्रफी सहितको पुरस्कार प्रदान गरिनेछ ।
यस्तै गरी नेपालीपानोरामाअन्तर्गत नै फिचर तर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखक को पनि पुरस्कार प्रदान गरिने छ । शर्ट फिल्मतर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कारमात्रप्रदान गरिनेछ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex