४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दाङको तुलसीपुरमा नगरप्रमुखहरुको भेला


प्रकाशित: आईतबार, २० माघ २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रदेश ५ का सत्र नगरका प्रमुख तथा प्रशासकीय अधिकृतहरुको दाङको तुलसीपुरमा भेला भएका छन । 


नेपाल नगरपालिका सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको सो भेला आईतबार सम्म चल्ने जनाएको छ । 


सो भेलाले नगरका विषयमा विविधि निर्णयहरु लिने जानकारी दिएको छ । 


तालिममा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनासम्बन्धी दुईदिने अन्तर नगरपालिका सिकाइ कार्यक्रम भईरहेको छ । 


नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जग्गा बाँझो राख्दा विपद् बढ्ने गरेको बताएका छन । 


पहिलो दिन तुलसीपुर उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, लमही नगरपालिका, प्यूठान नगरपालिका, बाणगङ्गा नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका प्रमुख तथा प्रशासकीय अधिकृतले विपद् न्यूनीकरण गर्न अ–आफ्नो धारणा राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex