काठमाडौं । विहारको जोगवनीबाट दिल्ली जाँदै गरेको सीमाञ्जल एक्सप्रेस रेल बैशाली भन्ने स्थानमा आइतबार विहान दुर्घट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।
भारतीय अधिकारीहरुका अनुसार दुर्घट्नाग्रस्त रेलको डिब्बामा धेरै मानिसहरु फँसेकोले उद्धार कार्य भईरहेको जनाएको छ ।
रेलवेका एक अधिकारी राजेश कुमारले भारतीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएका छन ।
घट्नास्थल पुगेका उद्धारकर्मीहरुले घाईतेहरुलाई नजिकको अस्पताल पुरयाएको छ भने फसेकाहरुको डिब्बाबाट निकाल्ने काम भईरहेको अधिकारीहरुले जनाएको छ ।
Categorized in समाज