काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले नेपालबाट मक्का जाने हजयात्रीको संख्या दोव्वर बनाउन साउदी अरेवियासँग आग्रह गरेको छ ।
बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको छ । नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मारवानीसँग भएको भेटमा सो आग्रह गरेको हो ।
शुक्रवार भएको शिष्टाचार भेटमा गृहमन्त्री थापाले साउदी अरब सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै छिट्टै साउदी अरब र नेपालबीच श्रम सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताएको जानकारी दिए ।
सो अवसरमा राजदूत मारवानीले नेपाली कामदार मिहिनेती र इमान्दार रहेको भन्दै साउदीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
Categorized in समाज