१३ भाद्र २०८३, शनिबार
Header

मोदी जनकपुरमा, आजै काठमाडौ पुग्ने


प्रकाशित: शुक्रबार, २८ बैशाख २०७५, ११ः३० बजे 
- जेम्सज्वेलरीखबर

कठमाडौं । एयर इन्डियाको विमानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र भर्खरै जनकपुर विमानस्थलमा उत्रिएका छन् ।

 
विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका मोदीले अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।


नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ । मोदी होटल हायातमा बस्नेछ ।

 
होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।


त्यसैगरी आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने खबर छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex