काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा गोली सहित पक्राउ परेका छन ।
विराटनगर विमानस्थलबाट विहिवार बेलुका चेकचाँजको क्रममा प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
२७ वर्षीय विश्वकर्माको साथबाट प्रहरीले नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको जनाएको छ ।
उनी हिजो यति एयरलायन्सको विमानबाट काठमाडौं आउने तयारीमा थिए ।
Categorized in समाज