३ भाद्र २०८३, बुधबार
Header

पाकेटमारेको ५२ हजार रुपियाँसहित ५ भारतीय महिला पक्राउ


प्रकाशित: शुक्रवार १८ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । सार्वजनिक सवारी साधानमा पाकेटमारी गर्ने ५ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त महाराजगञ्जले विहिवार बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमार रहेका छन । 


वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईका अनुसार वसमा सवार सुस्मिता कँुवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको हो । 


पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex