४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको चागलमा चकलेट पसलमा आगलागी, ७० लाखको क्षति


प्रकाशित: शुक्रवार, १८ माघ २०७५, ०९ः०० बजे 
- महानगरखबर

काठमाडौंँ । काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको चकलेट पसलमा विहिवार आगलागी हुँदा ७० लाख बराबरको धनमाल क्षति भएको छ । 


अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट पसलमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो । 


चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी जनाएको छ । 


स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex