४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बञ्चरे डाँडाको पूर्वाधार निर्माण गर्न मन्त्रालयलाई आग्रहः मेयर शाक्य


प्रकाशित: विहिवार, १७ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको फोहर व्यवस्थापनको लागि बञ्चरे डाँडाको पूर्वाधार निर्माण गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ । 


मेयर शाक्यलागायतको एक टोलीले विहिवार बञ्चरे डाँडा निरिक्षण गरेपछि सो आग्रह गरिएको हो । आगामी बर्खा शुरु हुनुभन्दा पहिले नै दीर्घकालीनरूपमा फोहर विसर्जनस्थल बन्चरे डाँडाको पूर्वाधार निर्माण गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको हो ।

 
फोहर व्यवस्थापनस्थल सिसडोल साइट र दीर्घकालीन फोहर व्यवस्थापन निर्माणस्थल बन्चरे डाँडाको सो टोलीले भ्रमण गरेको थियो । 


सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाललीका अनुसार हाल निर्माणका लागि पाँच ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण भइरहेको र परीक्षणबाट प्राप्त नतिजाअनुरुप डिजाइन र बोलपत्र आह्वानको हुने काम हुनेछ । 


बन्चरे डाँडाको अवस्थाको स्थलगत जानकारी लिन मेयर शाक्य, सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली, कामपाका वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल र सांसद रामवीर मानन्धर सहभागी रहेको थियो । 


कामपालगायत काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex