२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भक्तपुर नगरपालिकाको बजार अनुगमन, ९९ प्रतिशत पसल दर्ताविहिन


प्रकाशित: विहिवार, १७ माग २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिका अनुगमन समितिले विहिवार बजार अनुगमन गर्ने क्रममा ९९ प्रतिशत पसल दर्ताविहिन भेटिएको छ । 


नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालको नेतृत्वमा बजार अनुगमन गर्दा बजारमा सञ्चालन गरिएको पसलहरु दर्ता विना चलाईरहेको पाईएको थियो ।  


भक्तपुरको घलातेदेखि चुनदेवीसम्मका विभिन्न पसल अनुगमन गर्दा दर्ता बिना पसल सञ्चालन गर्न पाइएको सदस्य सुवालले जानकारी दिए । 


समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार अनुगमनका क्रममा निसा फुड्स चाउचाउ उद्योगलाई सफा र व्यवस्थित गर्न निर्देशन दिएको थियो ।


अनुगमनको क्रममा सो चाउचाउ उद्योगमा फोहर भेटिएपछि समितिले चाउचाउ उत्पादन गर्ने मेशिन भएको स्थानमा बाहिर लाउने जुत्ता निषेध गर्न, एप्रोन प्रयोग गर्न, भुइँमा पोखिएको मैदा फेरी चाउचाउ नै बनाउने गरेको पाइएकाले भुइँमा पोखिएको मैदा पुनः प्रयोग नगर्न निर्देशनसहित सचेत गराएको छ । 


त्यस्तै नारायण सप्लायर्समा प्याकेजिङ सामानमा लेबल राख्न, चावल किराना पसलमा मूल्यसूची नभएको र म्याद नाघेको सामान राखिएकाले त्यस्ता सामान नष्ट गरिएको र दर्ता नभएका सबै पसललाई दर्ता गर्न निर्देशन दिएको प्रजापतिले बताए । 


अनुगमनमा शङ्कर इञ्जिनीयरिङ अटो वर्कशप, न्यू सोफा होम, सुजाता होटल, फर्निचर वर्कशप, सोलु खाजा घर, ब्रदर्श इन्टरप्राइजेज, सूर्यविनायक टायल्स एण्ड मार्बल हाउस, एबिआर हार्डवेयर, फर्निचर वर्कशप, मुक्तिनाथ काष्ठ फर्निचर उद्योग, भक्तपुर ग्लास हाउस, रिङ उद्योग, चावल किराना स्टोर, मोटरसाइकल वर्कशप, नारायण भुजा सप्लार्यस र जगतराम खाजा घर बिनादर्ता सञ्चालन गरिएको पाइएकाले तत्काल दर्ता गर्न निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex