काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रवार (भोली) आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले विहिवार एक विज्ञप्ती जारी गरी देशभरका सबै स्वास्थ्य संस्थाहरु सककारी तथा गैरसरकारी संस्था बन्द गर्न आव्हान गरेको हो ।
त्यसैगरी संघले आमरण अनसनरत डा. गोबिन्द केसीको जीवन रक्षाको लागि सरकारबाट कुनै पहल नदेखाएकोले घोर भत्र्सना समेत गरेको छ ।
आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरूमा पर्न सक्ने असुविधाप्रति संघले दुःख व्यक्त गरेको छ ।
त्यसैगरी जारी सममस्याको सामाधान बार्ताबाट हल गर्न समेत अपिल गरेको छ ।
Categorized in स्वास्थ्य