१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रदेश २ सरकारको ‘बेटी बचाउ अभियान’ सँग प्रभु बैंकको सम्झौता


प्रकाशित: बुधवार, १६ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रदेश २ का सरकारको ‘बेटी बचाउ अभिायान’सँग प्रभु बैंकको सम्झौता भएको छ । 


प्रदेश सरकारले प्रदेशमा जन्मने हरेक बेटी (छोरी) विमा गरिदिने कार्यक्रम अन्तर्गत शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच बुधवार सम्झौता भएको हो । 


माघ १ गते देखी जन्मिएको छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप भएको उक्त सम्झौता पत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो ।


सम्झौता पत्रमा प्रदेश सरकारको तर्फ बाट मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैकका तर्फ बाट सहायक महाप्रवन्धक अशोक खडगीले हस्ताक्षर गरेका छन् । 


प्रदेश सरकार र बैंक बीच भएको सम्झौता अनुरुप लागु भएको पालिकाहरुका नवजात छोरी शिशुको अभिभावकले ६ महिना भित्र आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन दिनु पर्ने छ । 


मुद्दती खाता मार्फत गरिने उक्त विमाको रकम २० वर्ष पछि सेवा सेवाग्राहीले एकमुष्ट १ लाख रकम प्राप्त गर्ने छ । 


तर खातावालाले बीचमै पढाई छोडेमा २० वर्ष नपुगी विहे गरेमा वा वेपता भएको प्रमाणित भएमा खातामा जम्मा भएको रकम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कोषमा जम्मा हुने गरि फिर्ता हुने व्यवस्था समेत गरिएको छ । 


खातावाला छोरीको मृत्यु भएका वा निजलाई असाध्य कडा रोग लागेको व्यहोरा प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएको अवस्थामा वालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिशमा खातामा जम्मा भएको रकमको सावा व्याज प्राप्त गर्न सकिने छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex