१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्रियसभाबाट चिकित्सा विधेयक आज पारित हुने


प्रकाशित: विहिवार, १७ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । बहुचर्चित राष्ट्रिय चिकित्सा विधेयक, २०७५ आज (विहिवार) राष्ट्रियसभाबाट पारित गरिने तयारी गरिएको छ । 


दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । 


केही दिन अघि विपक्षी कांग्रेसको विरोधका विच प्रतिनिधिसभाबाट सो विधेयक पारित गरिएको थियो । 


त्यसैगरी राष्ट्रियसभामा बैठकमा विभिन्न मन्त्रालयका पहिलो संशोधनका लागि विधेयकहरु कार्यसुचिमा पेश गरिने भएको छ । 


जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,  निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन (नियमन गर्ने) विधेयक, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक रहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex