१३ भाद्र २०८३, शनिबार
Header

प्रदेश ५ को नाम मगरात प्रदेश राख्न माग


प्रकाशित: मंगलवार, १५ माघ २०७५, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल मगर संघले मङलगार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश ५ को नाम मगरात प्रदेश राख्न माग गरेको छ । 


सो पत्रकार सम्मेलनमा प्रदेश ५ का इन्जार्ज दलबहादुर विरकट्टाले रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाउन माग गरेको छ । 


प्रदेश ५ मगर बाहुल्य क्षेत्र भएको र आदिमकालिन नामसमेत भएकोले प्रदेशको नाम मगरातनै हुनुपर्ने संघको भनाई छ । 


मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ । 


संघका अनुसार प्रदेश ५ मा ४५ लाख जनसंख्या रहेकोमा प्रदेश सरकारको तथ्यांक अनुसार मगरको जनसंख्या १५.१ प्रतिशत र थारुको १५.२ प्रतिशत छ । 


सरकारको तथ्यांकप्रति पनि मगर संघले असहमति प्रकट गरेको छ । 


त्यसैगरी पत्रकार सम्मेलनमा संघले मगर भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा बनाउन र स्थानीय तहहरुमा पनि मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।


सो कार्यक्रममा संघका प्रदेश ५ संयोजक धनबहादुर पुनले संविधान अपुर्ण रहेको बताएका छन । उनले पहिचानसहितको राज्य पुनसंरचना हुन नसक्दा संविधानले पूर्णता पाउन नसकेको बताए । 


संघले माघ १९ गते बुटवलमा प्रदेश अधिवेशनसमेत आयोजना गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex