२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

डिश होमले ल्यायो नयाँ अफर, गृहणी तथा खेलकुदप्रेमीहरुलाई सस्तो प्याकेज


प्रकाशित: सोमबार, १३ माघ २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । डिश मिडिया नेटवर्कले ग्राहकका लागि नयाँ अफर ल्याएको छ । 


डिश होमले नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागि सस्तो विभिन्न आकर्षक प्याकेजको घोषणा गरेको छ । 


कम्पनीले बाबाआमा, गृहिणी र वच्चाहरुका लागि बेसिक प्याकेज ल्याएको हो जसमा मासिक शुल्क २५० रुपैयाँ पर्ने छ । 


त्यसैगरी  खेलकुद प्रेमिहरुका रु ३ सयमा सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजक दिने भएको छ । 


कम्पनीले सम्पुर्ण एसडी र एचडी च्यानलहरु भएको सुपर एचडि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमियम एचडि प्याकेज ४०० रुपैयाँ प्रति महिनामा उपलब्ध गराउने जनाएको छ ।


यो सुविधा भने पुराना ग्राहकको हकमा रिचार्ज गरेपछि लागु हुनेछ तर नयाँ ग्राहकको लागि भने माघ १० गतेवाट नै सुरु भएको छ । 


कम्पनीका अनुसार डिशहोम १६ लाखभन्दा वढी परिवारहरुले प्रयोग गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex