१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पेरुमा विवाह समारोह स्थलको होटल बगाउँदा १५ जनाको मृत्यु


प्रकाशित: सोमबार, १४ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । पेरुको अवान्से शहरमा एक विवाह समारोह स्थलको होटल पहिरोले बगाउँदा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 


करिब १०० जना पाहुना सहभागी उक्त विवाह समारोहमा पहिरोमा परि ३४ जना समेत घाईते भएको छ । 


होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ । 


घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex