काठमाडौँ । नेपाल विद्यार्थी संघले आईतबार भएको प्रदर्शनमा पक्राउ परेका नेता तथा कार्यकर्तालाई अविलम्ब रिहाई गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले हिजो एक विज्ञप्ती जारी गरी आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई विनाशर्त रिहाई गर्न भनेको छ ।
संसदले चिकित्सा शिक्षा विद्येयक संसदले जवरजस्ती रुपमा पारित गरेको विरोधमा नेविसंघले केही दिन यता लगातार विरोध प्रदर्शन गर्दै आईरहेको छ ।
त्यसैगरी प्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते घाईते समेत भएका छन ।
Categorized in समाज