काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रिभिलेज्ड कस्टुमर क्रेडिट कार्ड लिएका ग्राहक तथा उनका परिवार र कर्मचारीलाई नर्भिक अस्पतालले स्वास्थ्य उपचार सेवामा विशेष छुट दिने सम्झौंता भएको छ ।
सो सम्झौंतामा बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरको छ ।
सम्झौंता अनुसार अब प्रिभिलेज्ड कस्टुमर क्रेडिट कार्ड लिएकाहरुले पाँचदेखि १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ ।
अस्पतालले दिने प्याथालोजी, सिटी स्क्यान, एमआईआर, रेडियोलोजी, कार्डिग नन इन्भ्यासिभ एक्जामिनेशन, सर्जिकल, म्यामोग्राम सेवामा १० प्रतिशत छुट पाउने भएको हो ।

त्यसैगरी बेड चार्जमा पाँच प्रतिशत पाइने भएको छ भने अस्पतालले आफ्नो तर्फबाट ग्राहकलाई विभिन्न सेवामा प्रदान गर्ने २५ प्रतिशत छुटकाका साथै पाँच प्रतिशत थप छुट पाउने छ ।
Categorized in स्वास्थ्य