४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

झापाको दुई स्थानमा आगलागी, एघार लाख ५० हजार बराबरको धनमाल नष्ट


प्रकाशित: आईतबार, १३ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । झापाको दुई स्थानमा आईतबार विहान आगलगाी हुँदा धनमाल क्षति भएको छ । 


जिल्लाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करिब रु ११ लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 


प्रवक्ता श्रेष्ठका अनुसार झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति हुँदा खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ ।


त्यसैगरी  शनिबार साँझ झापा कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex