काठमाडौं । उपत्यकामा देखिएको मौसमको खरावी कारण अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।
आज विहान पनि केही हल्का बर्षा भएको र मौसममा पनि सुधार नदेखिएकाले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको हो ।
भिजिबिलिटी पनि एकदमै कमदेखिएको कारण उपत्यका आउने विमानहरु नजिकै एयरपोर्टमा डाईभर्ट भएको छ भने काठमाडौ आउने विमान रोकिएको विमानस्थलका अधिकारीले जानकरी दिएको छ ।
उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु यतिखेर विचल्लीमा परेको देखिएको छ ।
दिउँसो घाम लागेको खण्डमा मौसम सुधार भएपनि उडान नियमति हुन सक्ने संभावना देखिएको छ ।
Categorized in प्रबिधि