४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विहेको जन्ती बसमा करेन्ट लागेर मृत्यु भएका ६ जना सबैको सनाखत


प्रकाशित: शनिवार, १२ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा शुक्रवार विहेको जन्ती बसमा करेन्ट लागेर मृत्यु भएका ६ जनाको सनाखत भएको छ । 


मृत्यु हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षिय बालक आक्रोस कुमार दनुवार, २० वर्षिय पूजा अधिकारी दनुवार, १७ वर्षिया लीला अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षिया रेशमदेवी कुमार दनुवार र  अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । 


त्यसैगरी घाईते भएका धुधौली नगरपालिका वडा नं ९ रामबाबु अधिकारी दनुवारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 


सो दुर्घट्नमा परि घाइते भएको ११ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 


ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा सो घट्ना भएको थियो । बसको छतमा राखिएको ट्रकमा बिजुलीको तार छुँदा करेन्ट प्रवाह भएको थियो ।


बेहुला र बेहुलीको भने अर्को गाडीमा रहेकोले उनीहरु सशकुशल रहेका छन । 


सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुवारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex