काठमाडौं । विवेकशिल नेपाली दलका संयोजक उज्वल थापासहित १८ जनाले आमरण अनसनरत डा. के.सी.को माग पुरा गर्न दवाव दिँदै सामुहिक गिरप्तारी दिएका छन ।
प्रहरीलाई सामुहिक गिरप्तारी दिनेमा सदस्यहरु शशीबिक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईं, अम्बिका कार्की ,सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी रहेका छन ।
उनीहरु सबैलाई नेपाल पुलिस क्लव भृकुटीमण्डमा राखिएको छ ।
नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Categorized in समाज